दाङ, १४ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा बुधबार आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व लिनुपर्ने बताए । बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता रहेको उनको भनाइ थियो ।
‘शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिनुपर्छ’, उनले भने, ‘खेतीपाती, उद्योगजस्ता उत्पादनशिल क्षेत्रलाई निजी क्षेत्रलाई छोड्नुपर्छ, सबै कुरा राज्यले गर्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस्