अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७४ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।