राजनीति

देशमा राजतन्त्र आउने कुनै आधार छैन : बाबुराम भट्टराई



काठमाडौँ, १४ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गरेका छन् । 

रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजावादी सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताए । 

भट्टराईले अहिलेको व्यवस्थामा समस्या भन्दा पनि व्यक्तिमा केही समस्या भएको हुँदा उनीहरु सच्चिनु पर्ने बताए । भट्टराईले संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि अहिलेको शासकीय स्वरूपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको बताए । 

प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने र देशमा आर्थिक विकास संस्थागत हुने उनको विश्वास थियो ।