राजनीति

समाजवादी मोर्चाले शुक्रबार यी ठाउँबाट जुलुस निकाल्ने 



काठमाडौँ, १४ चैत । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ ।
 
गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा सभा आयोजना गरिएको मोर्चाले जनाएको छ । 

जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा,  न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय भएको जनाइएको छ ।
 
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र नेपाल कम्युनिस्ट पार्टी रहेको मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे जनसभामा परिणत हुनेछ ।