ललितपुर, १५ चैत । मानव-जातिको खुशीको निम्ति पृथ्वीको वातावरण स्वच्छ बनाउँन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६६१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान बिहीबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले परमेश्वरको मण्डलीले यो ठाउँमा प्रत्यक्ष रुपमा गरेको सरसफाइ अभियान निकै नै प्रभावकारी भएको बताउनुभयो । वडाले आगामी दिनहरुमा परमेश्वरको मण्डलीसंग सहकार्य गरि सरसफाइ कार्यक्रम गर्ने बताउनुभयो । धर्मप्रतिको आस्था फरकफरक भएपनी हामी सबै समान हौ त्यसैले हामी सबै मिलेमा मात्र वातावरण स्वच्छ र सफा राख्न सकिने भएकोले हातेमालो गर्दै अघि बढ्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिषर ललितपुरका इन्स्पेक्टर विरेन्द्र बहादुर बोहोराले परमेश्वरको मण्डलीले आयोजना गरेको उत्साह जनक सरसफाइ अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । सरसफाइ जावलाखेल वरिपरि २ किलोमिटर क्षेत्रसम्म जारी गरिएको थियो । कार्यक्रममा करिव १७० जनाको उपस्थिति रहेको थियो ।
परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ ।
प्रतिक्रिया दिनुहोस्