हेटौँडा, १५ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-६ लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्वरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका-४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । बस र म्याजिकको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्