नेपालगन्ज, १५ चैत । बाँके प्रहरीले मोटरसाइकल र ई–रिक्सा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोटरसाइकल चोरेको आरोपमा नेपालगन्जका २० वर्षीय अमिर ढापाली, सुर्खेतका २१ वर्षीय पवन पाण्डे, र ई–रिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगन्जको गणेशमानचोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए । उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो ।
यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पवन पाण्डेले नेपालगन्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल चोरेका थिए ।
उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगन्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ई–रिक्सा चोरेका थिए ।
प्रतिक्रिया दिनुहोस्