समाचार

किशोरीको शव गाडिएको अवस्थामा फेला



मङ्गलबारे, १५ चैत । इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि आज फेला परेको हो । चैत १ गतेदेखि बेपत्ता थिइन् ।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।