समाचार

तीन बालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ



सल्यान, १५ चैत । तीन जना बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले कालीमाटी गाउँपालिकाका ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । 

५७ वर्षीय पुरुषले घरनजिकैको पसलबाट पटक-पटक चकलेट किनेर खान दिई ललाई-फकाई आफ्नो कोठामा लगेर तीन बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप छ । जिल्ला अदालत सल्यानमा मुद्दा दर्ता भई उनलाई अनुसन्धानका लागि म्याद थप भएको छ ।