विश्व

आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँबाट देखिनेछ ? 



काठमाडौँ, १६ चैत । सन् २०२५ को पहिलो सूर्यग्रहण आज लाग्ने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्नेछैन । नेपाली समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ । 

यो सूर्यग्रहण युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ । नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको केही प्रभाव पर्ने छैन । 

कसरी हुन्छ, के हो सूर्यग्रहण ?

चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ ।