काठमाडौँ, १६ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्र पुनः स्थापित गर्नुपर्छ भन्दै आन्दोलन गर्ने राजावादीहरु नियाजित रुपमा परिचालित अपराधिक जत्था भएको बताउनुभएको छ ।
हिजो काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरुको फरक फरक ठाउँमा आन्दोलन भएको थियो । जसमा प्रतिपक्षी दलहरुले गणतन्त्रको पक्षमा गरेको आन्दोलन शान्तिपूर्ण रहेको थियो भने राजावादीहरुको आन्दोलन हिंसात्मक रुपमा रहेको थियो । राजावादीको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो । सोही प्रसंगमा महासचिव पोखरेलले आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राजावादीहरुले विगतको इतिहास वर्तमान पुस्तालाई देखाएको आरोप लगाउनुभयो । गणतान्त्रीक व्यवस्थापको विकल्प दिन्छौं भन्ने राजावादीहरु पूर्ण रुपमा असफल भएको उहाँले दावी गर्नुभयो ।
उहाँ ले भन्नुभएको छ, ‘हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमवाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । वरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस वारेमा थोरैभए पनि वुझ्ने मौका मिल्यो ।
आजको युग जनचेतनाले लैस भएको लोकतन्त्रको युग हो । कसैको निहित स्वार्थ, प्रतिसोध वा दुरासयवाट आजको नेपाली समाज प्रभावित हुदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको छ ।
हिजोको घटनामा जीवन गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली । घाइते सबैको सिघ्रस्वास्थ लाभको कामना । सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ । आन्दोलनका नाममा नियोजित रुपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फवाट यथोचित सम्वोधन आवश्यक छ । जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्व कार्वाहीको दायरामा ल्याउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्