कास्की, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने बताए ।
अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार हरेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिए ।
उनले भने, ‘यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ, मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, राजतन्त्र आफ्नै कारणले सक्किएको हो । आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ ? संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ ।”
प्रतिक्रिया दिनुहोस्