काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मल निवासको थ्रेटका सामु निरिह देखिएको बताउनुभएको छ ।
राजावादीको आन्दोलनमा हिंसा, लुटपाट, तोडफोड तथा विभिन्न अपराधिक क्रियाकलापहरु भएको प्रति संकेत गर्दै उहाँले दुर्गा प्रसाईले गरेको अपराधहरुको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाना बन्न खोजिरहेको बताउनुभयो ।
उहाँले आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भन्नुभएको छ, को छ, ‘वंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।
राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको ुथ्रेटुका सामु उनीहरु निरही देखिए र भन्न थाले ुप्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीलेु ।
आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।
30 March 2025 08:01 AM
प्रतिक्रिया दिनुहोस्