समाचार

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १७ चैत । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो । 

राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्‍याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको हो । 

सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।