राजनीति

राष्ट्रियसभाको बैठक बस्दै : यस्ता छन् कार्यसूची



काठमाडौँ, १८ चैत । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । सत्रौँ अधिवेशनको २० औँ बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको हो ।

बैठकका सम्भावित दैनिक कार्यसूचीहरू निम्न छन् :

विधायन व्यवस्थापन कार्य

१. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त-

(क) “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

२. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त-

(क) “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार

छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

३. उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त:

(क) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ग) “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(घ) “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

(ङ) “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

(च) “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।