समाचार

बाघको आक्रमणबाट एक बालकको मृत्यु



काठमाडौँ, १८ चैत । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

आइतबार खप्तडछेडेदह गाउँपालिका-३ धुरतोलाका ८ वर्षीय बालक विजय रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो ।

रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।