काठमाडौँ, १८ चैत । Purbanchal University, Gothgaon, Morang र Purdue University, Northwest, Indiana, USAका बिच सिकाई र शिक्षण विधिहरुको सहकार्य गर्ने सम्झौता भएको छ ।
सहकार्यको लागि भएको सम्झौता अनुसार संकाय, अनुसन्धान तथा विद्यार्थीहरु बिचको साटासाट, आविश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवर्द्धन गर्ने लगायतका विषयमा दुई विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
सम्झौता अनुसार विश्वविद्यालयको आवश्यकता अनुसार अन्य अनुसन्धानमुखी कार्यहरु गर्ने सम्बन्धमा भएको समझदारीपत्रमा पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा। डा। बिजु कुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एण्ड पार्टर्नसिप डाइरेक्टर डा। रमेश न्यौपानेले हस्ताक्षर गरी कार्यन्वयनमा लैजाने प्रतिवद्धता जनाइएको छ । सो अवसरमा प्रडु युनिभर्सिटीका डाइरेक्टर डा। न्यौपानेले यो सहकार्य गर्ने समझदारी पत्रमा उल्लिखित कुराहरु लागू गर्ने प्रतिवद्वता जनाउदै आगामी कार्यक्रमहरुमा ३ बर्ष नेपालमा र २ वर्ष युएसमा अध्ययन गरेर ५ वर्षमा युसको ब्याचलर र माष्टरको डीग्री दिन सकिने, १ वर्ष नेपालमा र १ बर्ष युएसमा अध्ययन गरि २ बर्षे माष्टर कोर्ष गरेर युसको डिग्री प्राप्त गर्न सकिने गरी थप कार्यहरु हुनसक्ने जनाकारी गराउनुभयो । यसका लागि दुबै विश्वविद्यालयका पाठ्यक्रमहरु अध्ययन गरी क्रेडिट आवर्स ट्रान्सफर सम्बन्धी आवश्यक व्यवस्था मिलाइने पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा। डा। थपलियाले जानकारी दिनुभयो ।
आज भएको समझदारीपत्रले युएसका विद्यार्थीहरु, फ्याकल्टीहरु, कर्मचारीहरुले समेत नेपाल आएर छोटो अवधिको अध्ययन, तालीम, रिसर्च आदि बारे शिक्षा लिन र नेपाली विद्यार्थीहरु युएस गएर सो अनुरुप शिक्षा लिन सक्ने बाटो खुलेको छ । हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपानेले दुई बिश्वविद्यालयलाई जोड्न सहजीकरण गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्