काठमाडौँ, २१ चैत । व्यवसायी अजयराज सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेका छन् । उनको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
लामो समयदेखि बक्यौता कर नतिरेपछि राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन उनलाई समय दिएको छ । कर नबुझाए बैंक खाता र घरजग्गा रोक्का गरी लिलामी प्रक्रिया अघि बढाउने चेतावनी कार्यालयले दिएको छ । यस्तै मुलुकबाहिर जानसमेत रोक्ने जानकारी कर कार्यालयले दिएको छ ।
नवीकरण शुल्क बुझाउन नसकेपछि सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकम कम्पनीको लाइसेन्स सरकारले खारेज गरेको छ । उनले हेलो नेपाल ब्रान्डबाट सीमित मोबाइल सेवा सुरु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्