काठमाडौँ, २१ चैत । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ७५३ स्थानीय पालिकामध्येकै सवैभन्दा असफल मेयरको उपमा पाएको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकामा आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले साढे तीन महिनापछि आम काठमाडौँवासी जनता तथा कर्मचारीको पक्षमा काम गर्ने प्रतिवद्धता सहित कार्यालयमा पुगेर हाजिर गर्नुभएको छ । सोही क्रममा मेयर बालेनले गुरागाईलाई हाजिर हुन नदिने नगरप्रहरी परिचालन गरी अवरोध गर्ने प्रयास गर्नुभएको थियो । तर कर्मचारी र अन्य वडाका सम्पूर्ण जनप्रतिनिधिको सहयोगका कारण गुरागाईले आफ्नो जिम्मेवारी बहन गर्न शुरु गर्नुभएको छ । आफु पनि काम नगर्ने र अरुलाई पनि जनताको पक्षमा काम गर्न नदिने मेयर साहले केही समय अघि नेपाल सरकारलाई प्रमुख प्रशासकीय अधिकृत पठाई दिन पत्राचार समेत गरेका थिए । सोही अनुसार सरकारले गुरागाईलाई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण विकास आयोजना, शुन्य आर्थिक गतिविधि तथा कर्मचारीले तलव समेत खान पाएका छैनन् ।
तर मेयर साहले भने दिगोको लागि नभई संघीय ससरकारसँग इगोको रुपमा गुरागाईलाई हाजिर गर्न नदिने रणनीति अपनाएका थिए । सोही प्रशंगमा नेता बस्नेतले काठमाडौँ महानगरको मेयर निर्वाचित भएको तीन वर्षमा नै पुँजीगत खर्च गर्न नसक्ने भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने कर्मचारी प्रशासन परिचालन गर्न नसक्ने खालि तोडफोड गर्ने स्टनबाजीमा रमाउने सर्वाधिक असफल मेयरको उपमा पाएको बताउनुभएको हो ।
नेता बस्नेत आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘बालेन साहले भ्रष्टाचारको अपुष्ट आरोप लगाएर कार्यकक्षमा ताला लगाएर गाडी खोसेर अपमानित ढङ्गले निकालेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले साँडे तीन महिना पछि आज कार्यालयमै पुगी हाजिर गर्ने तयारी गरेपछि उनै मेयर बालेन साहले अवरोध गरेका छन् । नगरप्रहरी परिचालन गरेर कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछी अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु गुरागाईं स्वागतमा बसेका छन् । उनीहरुले मेयर साहले अभिभावकीय भूमिका खेल्न नसकेको सिस्टम र कर्मचारीको सम्मान नगरेको गुण्डागर्दी शैलीमा नगर प्रहरी परिचालन गरेको भन्दै मेयरको आलोचना गरेका छन् । काठमाडौँ महानगरको मेयर निर्वाचित भएको तीन वर्षमा नै पुँजीगत खर्च गर्न नसक्ने भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने कर्मचारी प्रशासन परिचालन गर्न नसक्ने खालि तोडफोड गर्ने स्टनबाजीमा रमाउने सर्वाधिक असफल मेयरको उपमा पाएका छन् बालेन शाहले !’
मेयर बालेनको विरुद्धमा कर्मचारीले समेत कोठमा बसेर फेसबुकमा स्ट्याटस लेखे जस्तो सजिलो कार्यालय सञ्जालन र जनताको काम गर्न सजिलो नहुने भन्दै कडा रुपमा चेतावनी समेत दिएका छन् । कर्मचारीले चेतावनीसँगै प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई भव्य रुपमा स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्