समाचार

प्याजको मूल्य घट्यो



काठमाडौँ, २१ चैत । बजारमा प्याजको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज प्याजको मूल्य घटेको हो ।

आज प्याजको भाउ थोकमा किलोको ४९ रुपैयाँदेखि ४६ रुपैयाँ छ । बुधबार कालीमाटी बजारमा प्याज प्रतिकिलो ४९ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्याजको भाउ ३ रुपैयाँ घटेको हो ।

दुई महिनाअघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रुपैयाँले कारोबार भइरहेको थियो ।