काठमाडौँ, २१ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँगाउँमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ४९ वर्षीय अकिलबहादुर पाख्रिन छन् । बुधबार राति उनी आफ्नै घरबाट करिब १०० मिटर टाढाको सामुदायिक वनमा लागेको डढेलो हेर्न पुगेका थिए ।
श्रीमती बीपीमाया र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसँगै डढेलोको असर हेर्न गएका बेला भिरबाट चिप्लिएर लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राति ११ बजेतिर उनी ठूलो भिरमा खसेका थिए ।
राति खोजतलास गर्दा फेला नपरेपछि आज बिहीबार बिहान उनको शव फेला परेको हो । भिरमा भोर्लाको लहरामा शव अड्किएको अवस्थामा फेला परेका थियो ।
प्रतिक्रिया दिनुहोस्