बर्दिया, २३ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र बढैयातालले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गरे । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उहाँले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाए ।
अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।’
प्रतिक्रिया दिनुहोस्