समाचार

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु 



काठमाडौँ, २३ चैत । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बैतडी प्रहरीका अनुसार देहिमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बीएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । 

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । 

पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका–१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।