काठमाडौँ, २३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निरंकुशतवादको विरोध प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।
आज बिहान काठमाडौँको गोकर्ण रिसोर्टमा एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उद्घाटन गर्दै मन्त्री गुरुङले खुला समाजमा नै खेलकुदजस्ता गतिविधि गर्न सम्भव भएको बताए ।
उनले भने, “खेलकुदजस्ता गतिविधि खुला समाजमा डेमोक्रेसीका मूलभूत मान्यता अगाडि बढिरहेको समाजमा मात्रै यस्ता चिज सम्भव छ,” “संविधानको आफ्नो सीमा छ । वैचारिक, भौतिक सीमा हुन्छ ।”
गुरुङले अतिवाद त्यो सीमाभन्दा बाहिर जान नदिइने बताए । “विखण्डनवाद, जातीयवादलाई दुरुत्साहन गरेका छौँ,” उनले भने ।
उनले निरंकुशतावादविरुद्ध वृहत् सोचका साथ लागिएको भन्दै सोही प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
“निरशंकुतावादको तन्त्रलाई निषेध गरिराखेका हुन्छौँ । त्यही वृहत् सोचका साथ काम गरिरहेको हुनाले त्यही प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्