काठमाडौँ, २३ चैत । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते कैलालीको धनगढीस्थित पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ ।
शुक्रबार बसेको एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले सभाको तयारी तीव्र पारिएको जनाएको छ।
विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टका अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजक गतिविधिविरुद्ध खबरदारी गर्न सभा आयोजना गरिन लागेको हो।पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले हाल देशभर सञ्चालन भइरहेको वडा केन्द्रित टोल अभियानकै निरन्तरताका रूपमा यो सभा हुन लागेको बताए। हाल टोल केन्द्रित वडा अभियान चलिरहेको छ । त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ।
प्रतिक्रिया दिनुहोस्