समाचार

एम्बुलेन्समा लुकाएर ल्याउँदै गरेको लागुऔषध बरामद



काठमाडौँ, २३ चैत । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

प्रहरीका अनुसार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । सो लागुऔषध काराेबारमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।