भक्तपुर, २३ चैत । सफा, सन्दर र हराभरा वातावरण निर्माण गर्ने महत्वपूर्ण लक्ष्य लिएर काठमाडौँ उपत्यकासहित काभ्रेका सहरी क्षेत्रका घर–घर, टोल–टोल, सडक–सडक, गल्ली–गल्ली स्थानीय सरकारको सहयात्री बनेर फोहोर व्यवस्थापनमा लागेको संस्था हो, नेप्सेम्याक । सफाइ भनेको उज्ज्वलता, निर्मलता, स्वच्छता, पवित्रता हो । सफाइप्रति प्रेम र फोहोरप्रतिको घृणा भावले मानिसको सरसफाइप्रतिको दृष्टिकोण स्पष्ट पार्दछ । सरसफाइ मानिसले स्वयं गर्ने कार्य हो । हाम्रो सनातन संस्कृतिमा यो मान्यता छ कि जहाँ सफासुग्घर रहन्छ त्यहीं लक्ष्मीको वास हुन्छ ।
आफ्नो घर भित्र-बाहिर, बाटो-घाटो, धारा, विद्यालय हाता सफाइमा सबैको जिम्मेवारी वहन गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ । सरसफाइ समुदायको दायित्व हो किनकि संघ-संस्थाले पहल र अगुवाइ मात्र गर्ने हो । यति हुँदा हुँदै पनि नेप्सेम्याकले काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा काभ्रेको बनेपा लगायतका सहरलाई फोहोरमुक्त बनाउन स्थानीय सरकारसँग सहकार्य गरी जनताको घरघरमा पुगेर फोहोर संकलन गर्छ भने टोलटोलमा पुगेर दैनिक जसो सरसफाई अभियानहरु सञ्चालन गर्छ । त्यति मात्र हैन, सडक सफाई र पर्यावरणीय कार्यमा भने अपेक्षा गरेभन्दा उत्कृष्ट कार्य गरेको स्थानीयवासी जनताको बुझाई रहेको छ । यसर्थ महालक्ष्मीको उपासना गर्नुको अर्थ आफ्नो घरपरिवार वरपर सफासुग्घर बनाएर राख्नु सनातनधर्मीको धर्म, कर्तव्य र आचरण हुन आउँछ । सनातन धर्मग्रन्थहरूमा सरसफाइ, स्वच्छता र पवित्रताको विषयमा निर्देशनको व्यापकता छ । हरेक चाडपर्वमा सरसफाइको महत्व विशिष्ट छ । चाडपर्व भन्नासाथ कुरा सरसफाइबाट प्रारम्भ हुन्छ । तर कतिपय चाड सरसफाइ र पवित्रताको स्थापनाकै लागि आयोजन गर्ने परम्परा पनि छ । तसर्थः फोहोर न्युनिकरण गर्ने जस्तो महत्वपूर्ण कार्यहरुलाई जिम्मेवारी बोकेको नेप्सेम्याकलाई केही स्वार्थी समुह वा व्यक्तिले विवादमा ल्याउने प्रयास गरेको भन्दै स्थानीयवासीले विवाद स्वार्थमा नभई तथ्यमा निकाल्नुपर्नेमा जोड दिए ।
चाँगुनारायण नगरपालिका वडा नं. २ का स्थानीय समाजसेवी रामेश्वर थापाले नेप्सेम्याकसँग २०७४ देखी २०७९ सम्म पाँच वर्षसँगै काम गरेको स्मरण गर्नुभयो । नगरपालिकाको खानेपानी सरसफाई कोआर्डिनेटर रहेर नेप्सेम्याकसँग ९ वटै वडामा ५५ हप्ता सँगै सफाई अभियान लिएर हिड्दा कुनै पनि नराम्रो कहि कतै पनि नआएको बताउनुभयो । समुदायलाई सचेत गराउने, सरसफाई सम्बन्धी ज्ञान गराउने कार्यमा अन्य कुनैले नेप्सेम्याक जस्तोका गर्न नसकेको साथै कम्पोष्ट मल बननाएर ५ केजी मायाँको चिनोको रुपमा वितरण गरिरहेको उल्लेख गर्नुभयो ।जनताको जनगुनासो नभएको, कामप्रति सन्तुष्टि रहेको उहाँले बताउँदै नेप्सेम्याक लगनशीलमात्र नभई नाफामुलक रुपमा काम गरेको नदेखिएको बताउनुभयो ।
‘फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने अभियानमा नेप्सेम्याक रहेको छ, कसले के भन्यो, समाचार लेख्न लगायो, कसको व्यापारीक स्वार्थ जोडिएको छ भन्ने कुरा मुख्य हैन, संस्थाले गरेको नतिजासँग विश्वास गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्वार्थ समुहले नराम्रो भने होलान् तर केही समुह र व्यक्तिले व्यापारिकरण मात्र गर्न खोजेका हुन्, विगतको के गरी काम गर्नुहुन्छ जस्तो लागेको थियो तर समन्वय, सहजिकरण, सचेतना, जागरण, जनतामा सन्तुष्टि दिने गरी काम गरिहरेको छ, कसैको प्रचार र भ्रममा पर्नुपर्ने कुनै आवश्यकता छैन ।’ नेप्सेम्याकले प्रत्येक आइतवार र बुधवार कुहिने, शुक्रबार नकुहिने फोहोर संकलन गरिरहेको सूर्यविनायक नगरपालिका वडा नं. ४ अमरनगरका स्थानीयवासी रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । संस्थाले जनतालाई बोले अनुसारको सेवा प्रवाह गरिरहेको बताउँदै उहाँले सेवा सुविधानमा कुनै गुनासो गर्ने अवस्था नरहेको बताउनुभयो ।
प्सेम्याक स्थानीय तहभन्दा बढी जनताका हरे क्षेत्रमा सहयोगी भूमिका निर्वाह गरिरहेको मध्यपुर थिमी नगरपालिका वडा नं. ५ का स्थानीयवासी दिलिप शाहले बताउनभुयो । सरसफाईको अलवा, वृक्षारोपण, निशुल्क विरुवाको उपलब्धता तथा आफै जनसहभागिता जुटाएर काम गरेको सामाजिक कार्यको अतुलनीय योगदा नेप्सेम्याकको रहेको उहाँको बुझाइरहेको छ । उहाँले भन्नुभयो, ‘टोलटोल, सडक–सडकमा पर्यावरणीय संरक्षण गर्दै प्रशंनीय कार्य नेप्सेम्याकले गरेको छ । व्यक्ति घरघर फोलेको फोहोर समेत आएर उठाउने गरेको छ । यसर्थः नेप्सेम्याकको आलोचना हैन, पुरस्कार दिनुपर्छ । कस्टमरको गुनासो छैन । कसैले नकारात्मक भन्यो भने त्यो गलत हो, नियत नै खराव हो । आलोचना गर्नेले यहाँ आएर हाम्रो ठाउँको सहर सुन्दर बनाउन न्, हिम्मत छ, विकाउको लागि हैन, वास्तविकताको लागि आवाज बुलन्द गर्नुपर्छ ।’
नेप्सेम्याकले नगरपालिकासँग भएको सहमति अनुसार फोहोर उठाउने र वातावरण संरक्षणमा सहयोग गरिरहेको सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले बताउनुभयो । ‘नेप्सेम्याकले सरसफाईको समयमा जुनसुकै समयमा फोहोर उठाएको छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि कसैको अभाव, प्रभाव र दवावमा पर्दैनन्, हावादारी समाचार र हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । कागले कान लग्यो भन्दैमा आफ्नो कान नछाई कागको पछि दगुड्ने हैन, आफ्नो कान पहिले छाम्ने हो । बरु थोरै पैसा बढि भयो भन्ने गुनासो रहको त्यसलाई सम्बोधन गर्नुपर्नेछ ।’
नेप्सेम्याकको विगत र वर्तमानको काम नै जनताको प्रत्यक्ष उत्तर रहेको उल्लेख गर्दै नेप्सेम्याक भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाईले काम गर्ने इच्छाशक्ति पहिलो प्राथमिकता हुनुपर्ने एभरेष्ट मिसनसँगको कुराकानीमा धारणा राख्नुभयो । काठमाडौँ उपत्यकामा दशौं वर्षदेखी स्थानीय सरकारसँग सहकार्य गरी फोहोर न्युनिकरण तथा वातावरणीय स्वच्छतामा कार्यहरु गरिरहेको इतिहास नै साक्षि रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो काम नै संस्थाको दरविलो आधार खम्बा हो । काम गर्नलाई कसैको अभाव, प्रभाव तथा दवाव दिइरहनुपर्दैन । हामीले हाम्रो ग्राहकलाई जतिसक्दो सेवा सहज र प्रभावकारी वनाउने कार्य गरेका छौं । गुनासो भए, समाधान गर्न हामी जहिले पनि तयार छौं । अहिलेसम्म जनगुनासो सम्बोधन नभएको कुनै पनि छैन । सहरलाई सुन्दर र सफा बनाउन हामीले स्थानीय तहको सरकारसँग मात्र नभई विभिन्न सामाजिक संघसंस्था, टोलविकास समितिलगायतकासँग सहकार्य गरेका छौं । वातावरण प्रदुषण नियन्त्रण गर्न हरप्रयास गरेका छौं । नेप्सेम्याकले भक्तपुर कुनै पनि स्थानीय तहसँग एउटा समाचारमा केही मिलाइराख्नुपर्दैन । कोठामा बसेर फेक समाचारको कारखाना नै चलाएर हुन्छ । समाचारको अर्थ हावादारी कुराहरु गरेर जनतालाई भ्रम छर्ने हैन, वास्तविक सूचनाहरु जनताको माँझमा पुर्याउनु हो । हिम्मत छ भने, समाचार लेख्नेले प्रमाण पुर्याउन न । स्रोतको हवला दिँदै जनतालाई भ्रम छर्ने कार्य नगरौं । स्थानीय पालिका र जनता बुद्धिजीवि हुनुहुन्छ, समाचारमा आएजस्तो घृणित खेलमा लाग्नुपर्ने आवश्यकता नै छैन । तसर्थः भ्रमको आयु लामो हुँदैन, पानीको फोका जस्तै हो, केही समयमा नै आफै फुटेर जान्छ । सवै भक्तपुरवासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई भ्रममा नपर्न आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्