अर्थ

मन्त्री थापाद्वारा मानव कल्याणलाई १ लाख ११ हजार सहयोग गर्ने घोषणा



भक्तपुर, २३ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मानव कल्याण समाज भक्तपुरको भवन निर्माण गर्न १ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा आयोजना भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ के तेस्रो दिन मन्तव्य राख्दै मन्त्री थापाले प्र समाजको लागि भवन निर्माणका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले देश सरकारले बजेट छुट्याउने बताउँदै जग्गा प्राप्तिको लागि पहल गर्न समेत आग्रह गर्नुभयो । आश्रमले अनाथ ब्यक्तिहरुका लागि आफ्नै पहलमा खाना, नाना र छानाको ब्यवस्था गरिरहेको भन्दै थापाले प्रशंसा गर्नुभयो । मन्त्री पाले आगामी आर्थिक वर्षको बजेटमा आश्रमम आस्रित ब्यक्तिहरुको बागमती सरकारले निशुल्क उपचार गर्ने गरि बजेटको ब्यवस्थापन गर्ने गरेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जग्गा प्राप्ति भयो भने बागमती सरकारले आवश्यक बजेट ब्यवस्थापन गर्ने गरेर भवन निर्माण गर्न सकिन्छ, प्रदेश सरकारबाट आगामी बजेटमा भवन निर्माणका लागि आवश्यक रकम बिनियोजन गराउने गरेर म लागेको छु । जेष्ठ नागरिकालाई आफ्नै घर बराबरको स्नेह, औषधि उपचारको ब्यवस्था, बेवारिसे बालबालिकालाई हेरचाह गर्ने काम मानव कल्याण समाजले गरिरहेको छ । अलपत्र परेका ब्यक्ति, झाडिमा छाडिएका बच्चाहरुलाई मानव सेवा आश्रममार्फत शिक्षादीक्षा गर्ने काम समाजले गरिरहेको छ । कोही दाता आइदिएर दान दिएर उपचार गरिदेला भनेर अब कुर्नु पर्दैन, बागमती प्रदेश सरकार त्यसको ब्यवस्थापन गर्नका लागि लागेको छ ।’
२७ गतेसम्म चल्ने महायज्ञमा संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट कथा वाचन भैरहेको छ ।