Banner News

प्रधानमन्त्री ओलीद्वारा रामनवमीको शुभकामना



काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा आज चैत्र शुक्ल नवमी, चैते दशै अर्थात रामनवमीको स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको शुभकामना व्यक्त गर्नुभयो । रामलाई प्राचीन शास्त्र रामायले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन तथा कर्तव्पारायणको आदर्शको चरित्र मान्दै आएको उल्लेख गर्दै उहाँले प्राचिन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज चैत्र शुक्ल नवमी, चैते दशैं, अर्थात् रामनवमी । त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ । प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् । सबैलाई रामनवमी र चैते दशैंको शुभकामना ११’