Banner News

अमेरिकाले चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउने



काठमाडौँ, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् । 

राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उक्त  घोषणा गरेकी हुन् । ट्रम्पले गत बुधबार चीनविरुद्ध ३४ प्रतिशत पारस्पारिक आयात कर लगाएपछि चीनले पनि त्यसको जवाफमा अमेरिकालाई ३४ प्रतिशत आयात कर लगाएको थियो । 

चीनले आफ्नो देशविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि रिसाएको अमेरिकाले अर्को ५० प्रतिशत आयात कर थप्दै समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन लागेको सीएनएनले जनाएको छ । 

यसअघि चिनियाँ वाणिज्य मन्त्रालयले चिनियाँ आयातमा थप ५० प्रतिशत कर लगाउने निर्णय गल्तीमाथि अर्को गल्ती भन्दै कडा विरोध गरेको थियो । “चीनजस्ता देशहरूले प्रतिशोध राखेर अमेरिकी श्रमिकहरूप्रति गरिएको दुर्व्यवहार बढाउने गल्ती गरिरहेका छन्,” लिभिटले भनिन्, “राष्ट्रपति ट्रम्पसँग स्टीलजस्तो मेरुदण्ड छ, उनी कसैसँग झुक्दैनन् ।