रौतहट, २७ चैत । रौतहट प्रहरीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुल नजिक एक क्वीन्टल बढी गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
प्रहरीको टोलीले राती ४ जनाले टाउकोमा प्लास्टिकको बोरा बोकेर हिँडेको फेला पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्