नुवाकोट, ३० चैत । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरू भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए ।
“प्रदेशभित्रका नदी र खोलाले प्रभावित बनाएका जिल्लामा एकैसाथ कार्यक्रम सञ्चालनको योजना बनाए पनि समपुरक अन्तरगत माग गरिएअनुसार केन्द्र सरकारबाट बजेट नपाएकाले सीमित स्रोतले नमूना योजनाको रूपमा सुरू गर्न लागिएको छ ।”, उनले भने, “नुवाकोटको ताँदी र लिखु खोलाको कटान नियन्त्रण गर्दै क्षति पुगेका र बगरमा परिणत भएका जग्गा संरक्षण गरेर पीडित बनेका किसानलाई राहत दिनेछौँ ।”
प्रतिक्रिया दिनुहोस्