राजनीति

कांग्रेस सत्तामा छ, सरकारमा छैन: शेखर कोइराला



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए ।

उनले अघि भने, ‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं । कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’

उनले कांग्रेस-एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए ।