अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, ३१ चैत । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । 

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।