अर्थ

घट्यो नेप्से



काठमाडौँ, ३१ चैत । आइतबार सेयर बजार ८.८४ अंकले घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो । यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । 

होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।  यस्तै समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।