समाचार

पानी ट्यांकीभित्र बालिकाको शव फेला



ललितपुर, ३१ चैत । ललितपुरको च्यासलमा एक बालिकाको शव ट्यांकीभित्र फेला परेको छ ।

बझाङ घर भइ च्यासल बस्दै आएकी १४ वर्षीया दुर्गा बोहराको शव फेला परेको हो । च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् ।

प्रहरीका अनुसार, पुरानो घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छापेको अवस्थामा फेला परेको हो । प्रहरीले बोहराको हत्या गरी फालेको आशंकामा अनुसन्धान थालेको छ । दुर्गाको बुबा–आमा र दाजुभाइ च्यासलमा डेरामा बस्दै आएका छन् ।