समाचार

एक महिला मृत फेला



पर्वत, १ वैशाख । कुश्मा नगरपालिका–५ मोदीवेणीमा स्नान गर्ने क्रममा कालीगण्डकी नदीले बगाएकी महिला मृत भेटिएकी छिन् ।

३८ वर्षीया विष्णु पन्तको शव बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेस्थित नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

लुंखुदेउराली घर भए पनि कास्की आमरसिंहचोकमा बस्ने पन्त कुश्मास्थित दिदीको घरमा आएकी थिइन् । उनी आफ्नो छोरा र दिदीसहित कालीगण्डकी स्नान गर्न पुगेकी थिइन् ।