काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्ने बताएका छन् ।
विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।
सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए । उनले समुदायको भाषा हराउन थाले समुदाय र समाज कमजोर र बिखण्डित हुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्