राजनीति

‘कम्युनिस्ट योद्धा’का रूपमा ७ जनालाई सम्मान गर्ने एमालेको निर्णय



काठमाडौँ, १ वैशाख । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

त्यस्तै, पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने गर्ने निर्णय गरेको छ ।