एजेन्सी, २ वैशाख । सुडानको विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।
यूएनका अनुसार उक्त आक्रमण सुडानमा सक्रिय विद्रोही गुट र्यापिट सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो । गत साता मात्रै आरएसएफले अल–फशर सहर नजिक रहेका शरणार्थीको शिविरमा स्थलमार्ग र हवाई आक्रमण गरेको थियो ।
सुडानमा विद्रोही गुट आरएसएफ र सुडानको सेनाबीच दारफूरमा कब्जाका लागि युद्ध जारी छ । संयुक्त राष्ट्रले बहीबार र शनिबारको बीचमा १४८ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्