समाचार

सल्यानमा ट्याक्टर दुर्घटना: ४ जना घाइते



सल्यान, २ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिण्डेतालबाट परिगाउँतर्फ जाँदै गरेको रा १ त २८२१ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । ट्याक्टर सडकदेखि ५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा ट्याक्टर चालक बन्गाड कुपिण्डे नगरपालिका–८ का २८ वर्षीय वीरबहादुर कुँवर, २० वर्षीय उरन बीसी, २७ वर्षीइ ललित कुँवर र १३ वर्षीय हेमराज कुँवर रहेका छन् ।

दुर्घटनामा परी ट्याक्टर चालक वीरबहादुर कुँवर र ललित कुँवरको अवस्था गम्भीर रहेको र सबैलाई तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पस्चात नेपालगन्ज लगिएको र सबैको अहिले नर्सिङहोममा उपचार भइरहेको छ ।