काठमाडौँ, २ वैशाख । नेपालमा स्वास्थ्य बिमा पूर्ण रूपले व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने बताएका छन् ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन बिमा लागू गर्नुपर्ने बताएका हुन् । संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि बीमा प्रणाली लागु गर्न आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो ।
उनले भने, ‘काम गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । खराब नियत नराखी गरेको काममा पनि बढी शंका देखियो । कहिँकतै त्रुटि पनि भएका छन्, सावधानी र सचेतना अपनाउनपर्छ ।’
स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पुर्याउनका लागि सुरक्षित कोष निर्माण गर्नुपर्ने उनले बताए । स्वास्थ्य सेवा सबै नागरिकमा पुर्याउनका निम्ती त्यस्तो कोषको आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्