समाचार

सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात



काठमाडौँ, ३ वैशाख । सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग ६१ हजार २५९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको हो । जसमा यूरिया मल १८ हजार ३१६ मेट रहेको छ । यस्तै, ३० हजार ८०८ मेट डीएपी रासायनिक मल मौज्दात छ भने, १२ हजार १३४ मेट पोटास मौज्दात छ ।

साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामाग्री कम्पनी लिमिटेडले ३०/३० हजार यूरिया मल ल्याइरहेको मन्त्रालयले जनाएको छ । यस्तै ३३ हजार डीएपी मल जेष्ठ पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।