धनगढी, ५ वैशाख । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर रहेका छन् । उनी पर्यटक भिसामा नेपाल आएका थिए । डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराका अनुसार गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए । बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान कार्य सकेपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्