समाचार

गाडीको ठक्करबाट एक जनाको मृत्यु



‎‎सुर्खेत, ७ वैशाख । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

‎‎रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले बुढालाई ठक्कर दिएको थियो । ‎अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएको छ।