समाचार

काठमाडौँको शङ्खरापुरमा एक महिलाको हत्या



काठमाडौँ, ८ वैशाख । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ ।

खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो । मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।