समाचार

ज्वाइँद्वारा जेठी सासुको हत्या



इलाम, १३ वैशाख । इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् ।

माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया  भूमिका चापागाईँको हत्या गरेका हुन् । हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताउनु भयो । 

दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ । हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।