समाचार

सवारी दुर्घटनाका आरोपित नौ वर्षपछि पक्राउ



काठमाडौँ, १६ वैशाख । दाङमा सवारी दुर्घटनाका आरोपित नौ वर्षपछि तुलसीपुरमा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरीलाई पक्राउ गरेको हो ।

२०७२ मंसिर १७ गते दिउँसो उनले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले ठक्कर दिँदा रा ३ प २७२३ नम्बरको स्कुटी चालक, रुकुम पश्चिम खारा घर भई तुलसीपुर–५ बस्ने २१ वर्षीय दिवाकर वलीको मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका चौधरीलाई आइतबार पक्राउ गरी अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।