समाचार

रुखबाट लडेर एक जनाको मृत्यु



गाेरखा, २२ वैशाख । रुखबाट लडेर भिमसेन थापा गाउँपालिका–७ सिमलटारका ५० वर्षीय रामबहादुर कुमालको मृत्यु भएको छ ।

शनिबार घर नजिकै रहेको समीको रुखमा घास काट्ने क्रममा उनी लडेर घाइते बनेका थिए । घाइते कुमालको गोरखा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन लैजाने क्रममा आइतबार बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक किरण घिमिरेले बताए । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।