काठमाडौँ, २४ वैशाख । तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ अर्थात् सडक माग्नेमुक्त घोषणा भएको छ ।
मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ । घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यो वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
प्रदेश सरकारका मन्त्री, तिलोत्तमा नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्